Logo
Logo

निषेधाज्ञामा कडाइ : पत्रकारलाई सूचना विभागको कार्ड अनिवार्य


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौँ उपत्यकामा लागू गरिएको निषेधाज्ञामा थप कडाइ गरिएको छ । मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञामा बैंक तथा वित्तिय संस्थाहरूलाई आलोपालो गरि न्यूनतम् संख्यामा कर्मचारी राखेर चलाउने र उपभोग्य सामग्रीको पर्याप्तता, औषधी उपचारको व्यवस्थापनमा प्रशासनले सहजता प्रदान गर्ने बताइएको छ ।

बैठकले पत्रकारहरूको आवतजावतमा पनि कडाइ गर्ने निर्णय गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली अनुसार काठमाडौं उपत्यकामा आवतजावत गर्ने पत्रकारलाई सूचना विभागको परिचयपत्र अनिवार्य गरिएको छ । यसअघि सम्बन्धित सञ्चारगृहको परिचय भएका पत्रकारले आवातजावत गर्न पाउने व्यवस्था थियो ।

यसअघि शुक्रबार साँझ बसेको कोभिड(१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को बैठकले पनि सूचना विभागको कार्ड भएका पत्रकारलाई मात्र आवातजावत गर्न दिने निर्णय गरेको थियो ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ अनुसार परिस्थिति अनुसार प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउन सक्ने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्