Logo
Logo

सुनसरीमा वैशाख ३१ गतेसम्म निषेधाज्ञा थपियो


दृष्टि संवाददाता


सुनसरी । सुनसरीमा वैशाख ३१ गते मध्य राति १२ बजेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी), सुनसरीको आकस्मिक बैठकले निषेधाज्ञा वैशाख ३१ गतेसम्म थपेको हो ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार निषेधाज्ञा अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यक सेवा खरिदबाहेक सवै प्रकारका गतिविधिमा रोक लगाइएको छ ।

अत्यावश्यक सेवाहरुबाहेकका सबै प्रकारका सार्वजनिक एवं निजी सवारीसाधनहरु वैशाख ३१ गते रातिसम्म जिल्लाभर पूर्णरुपमा रोक लगाइएको छ ।

यसअघि जिल्ला प्रशासनले आंशिक निषेधाज्ञा जारी गरेर सवारीसाधानको हकमा जोरबिजोर नम्बरमात्र चलाउन पाउने, होटल रेस्टुँरा बेलुका ८ बजेसम्म सञ्चालन गर्न पाउने र खाद्यपसल बिहान ११ बजेसम्म खोल्न पाउने प्रावधान राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्