Logo
Logo

पुराना पास सबै खारेज


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं उपत्यकामा हालसम्म जारी भएका सबै पास खारेज हुने भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी भएको १६ गतेदेखि २१ गतेसम्म जारी भएका पास खारेज गर्ने निर्णय गरिएको छ ।

बैठकले अति आवश्यक अवस्थामाबाहेक जिल्ला प्रशासन कार्यालयबाट पास जारी नगर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्