Logo
Logo

पर्सामा एक साता निषेधाज्ञा थपियो


दृष्टि संवाददाता


पर्सा । पर्सामा एक साता निषेधाज्ञा थपिएको छ । मंगलबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र पर्साको बैठकले वैशाख ३० गते राति १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

वैशाख १६ गते बिहान ६ बजेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि २२ गते राति १२ बजे सकिँदैछ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र पर्साको निर्णयलाई सदर गर्दै एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्