Logo
Logo

नेपाल सुपर लिग : लुम्विनीमाथि काठमाडौंको जित


दृष्टि संवाददाता


काठमाडौं । खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा काठमाडौं रेजर्सले बुटवल लुम्विनीमाथि कठिन जित निकालेको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौंले लुम्विनीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको पाँचै मिनेटमा स्टेफन विनोङ समिरले गरेको गोल नै निर्णयक गोल बन्यो । उनले तेज तामाङको पासमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल काठमाडौंले जित्यो ।

जितपछि काठमाडौं चार खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानको धनगढी एफसी र विराटनगर सिटी एफसीसँग समान ७ अंक भएपनि काठमाडौं गोलअन्तरमा पछि परेको हो । पराजित लुम्विनी ४ खेलबाट ५ अंक जोडेर चौथो स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्