Logo
Logo

सुर्खेतमा वैशाख ३१ गतेसम्म निषेधाज्ञा


दृष्टि संवाददाता


सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेपछि निषेधाज्ञा थपिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले यही वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा थपिएको आदेश जारी गरेको छ । प्रशासनले यसअघि वैशाख १४-२१ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो ।

कोरोना संक्रमण बढ्दै गएकाले रोकथाम तथा नियन्त्रण र संक्रमितको उपचारका निम्ति जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक बसेर एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्