Logo
Logo

नेपाल सुपर लिग : धनगढी शीर्षस्थानमा उक्लियो



काठमाडौं । धनगढी एफसी खुकुरी नेपाल सुपर लिग (एनएसएल) लिगको शीर्षस्थानमा उक्लिएको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पोखरा थन्डर्सलाई १–० गोल अन्तरले पराजित गर्दै धनगढी लिगको शीर्षस्थानमा उक्लिएको हो ।

धनगढीलाई जित दिलाउनको लागि सब्सिच्युट दर्शन गुरुङले गोल गरे । ६८औं मिनेटमा गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा खेल धनगढीले जित्यो ।

जितपछि धनगढी ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा उक्लदै शीर्ष चारमा पर्ने सम्भावनालाई बलियो बनाएको छ । पराजित पोखराको भने शीर्ष चारमा पर्ने सम्भावना न्युन बनेको छ । पोखराको ५ खेलबाट ५ अंक छ ।

प्रतिक्रिया दिनुहोस्