Logo
Logo

नेपाल सुपर लिग : ललितपुरको पहिलो जित



काठमाडौं । खुकरी नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसीले पहिलो जित निकालेको छ । बिहीबारत्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ललितपुरले बुटवल लुम्विनीलाई १–० ले पराजित गरेको हो ।

नुर्लानले खेलको पाँचौ मिनेटमा गोल नै ललितपुरको जितमा निर्णायक बन्यो । कप्तान अन्जन विष्टले हेडमार्फत दिएको पासमा उनले गोल गरेका थिए ।

त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा खेल ललितपुरले जित्यो । जितपछि ललितपुरले ५ खेलबाट ६ अंक जोड्दै शीर्ष चारमा उक्लदै शीर्ष चारमा पर्ने सम्भावना जीवितै राखेको छ । ललितपुरसँगको हारसँगै बुटवल लुम्विनीको शीर्ष चारमा पर्ने सम्भावना न्युन बनेको छ । लुम्विनीको ५ खेलबाट ५ अंक जोडेर पाँचौ स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्