Logo
Logo

विराटनगरमाथि रोमाञ्चक जित निकाल्दै काठमाडौं प्ले अफमा



काठमाडौं । खुकरी नेपाल सुपर लिग (एनएसएल)मा कामठमाडौं रेजर्सले विराटनगर सिटी एफसीमाथि रोमाञ्चक जित निकालेको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौंले विराटनगरलाई ५-४ गोल अन्तरले पराजित गरेको हो ।

२-० ले पछि परेको अवस्थामा पूनरागमन गर्दै काठमाडौंले विराटनगरमाथि जित निकाल्न सफल भयो । काठमाडौंलाई रोमाञ्चक जित दिलाउनको लागि क्यामरुनी फरवार्ड मेसौके ओलुमोउको ह्याट्रिक गरे । बाँकी दुई गोल स्टेफन विनोङ समिर र छिरिङ गुरुङले गरे । विराटनगरका पेड्रो मान्जीले दुई तथा एडेलाजा सोमेडे, र कप्तान रन्जित धिमालले समान एक गोल गरे ।

खेलको छैटौं मिनेटमा नाइजेरियन खेलाडी एडेलाजा सोमेडेको गोल गर्दै विराटनगरलाई अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा पेड्रो मान्जीले गोल गर्दै विराटनगरको अग्रता दोब्बर पारे ।

३५औं मिनेटमा मेसौके ओलोउमोउले गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याए । ३६औं मिनेटमा मेसौकेले ओलोउमोउले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए ।

४१औं मिनेटमा स्टेफेन विनोङ समिरले गोल गर्दै काठमाडौंलाई ३-२ को अग्रता दिलाए । उनले फ्रिकिकमा सिधै गोल गर्न सफल भएका थिए ।

६८औं मिनेटमा मैसोकेको ह्याट्रिक गर्दै काठमाडौंलाई ४-२ ले अघि बढाए । लिगमा यो पहिलो ह्याट्रिक हो ।

७९औं मिनेटमा कप्तान रन्जित धिमालले सुन्दर गोल गर्दै विराटनगरलाई ४-३ को अवस्थामा ल्याए । ८३औं मिनेटमा छिरिङ गुरुङले गोल गर्दै काठमाडौंको जिततर्फ डो¥याए ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा पेड्रो मान्जीले गोल गर्दै खेललाई ५-४ को अवस्थामा ल्याएपनि विराटनगरको हार टर्न सकेन ।

जितपछि काठमाडौंको प्ले अफ पुगेको छ । काठमाडौं ५ खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । पराजित विराटनगरको प्ले अफ सम्भावना जीवित छ । विराटनगर ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्