Logo
Logo

एमाले विवाद मिलाउन राष्ट्रपति सक्रिय, मध्यरातसम्म ओली-नेपाल वार्ता



काठमाडौं । नेकपा एमालेको पार्टी विवाद मिलाउन यतिबेला नेताहरुबीच छलफल तीव्र छ । नेकपा एमालेको विभाजन रोक्न राष्ट्रपति विद्यादेवी भण्डारीले समेत पहल गरेको बताइन्छ ।

एमालेका दोस्रो तहका नेता पार्टीभित्रको विवाद मिलाउन सक्रिय छन् । यसबीच राष्ट्रपति भण्डारीले पनि पार्टी एकताको लागि पहल गरिरहेको स्रोत भनाई छ ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालसँग विहीवार मध्यरातिसम्म छलफल गरेकी छन् ।

स्रोतका अनुसार निर्णायक भनिएको छलफल राति १२ बजेसम्म चलेको थियो । शेरवहादुर देउवालाई भेटेर शीतल निवास पुगेका माधव नेपालसँग राष्ट्रपतिले कुरा गरिरहेकै बेला प्रधानमन्त्री तथा अध्यक्ष ओली पनि सहभागी भएका थिए ।

दुवै नेताबीच राष्ट्रपतिको उपस्थितिमा ‘भद्र सहमति’ भएको बताइएको छ । तर के सहमति भयो भन्नेबारे भने सार्वजनिक भएको छैन ।

नेपालले ओलीबाट कारवाही नहुने ग्यारेन्टी राष्ट्रपतिको उपस्थितिमै चाहेको र सोही अनुसार सहमतिको दिशामा अघि बढेको स्रोतको भनाई छ । राष्ट्रपतिले ओली र नेपालसँग विहीवार अलग अलग छलफल पनि गरेकी थिइन् ।

एमालेका एक नेताका अनुसार मध्यरातिसम्म शीतल निवासमा भएको छलफलले नयाँ घटनाक्रमतर्फ अघि बढाएको छ । अहिले पनि प्रधानमन्त्री आन्तरिक छलफलमा रहेको ती नेताको भनाई छ ।

यो पनि पढ्नुस्

प्रतिक्रिया दिनुहोस्