Logo
Logo

कामीरिता शेर्पा २५ औं पटक सगरमाथा चुचुरोमा


दृष्टि संवाददाता


काठमाडौं । नेपाली आरोही कामीरिता शेर्पाले २५ औं पटकका लागि सगरमाथा चुचुरोमा पाइला राखेका छन् ।

काठमाडौंस्थित सेभन समिट ट्रेक्सका अनुसार उनी यस सिजनका लागि डोरीको सहायताले बाटो बनाउने टोलीको नेतृत्व गर्दै साँझ ६ बजे चुचुरोमा पुगेका हुन् ।

शेर्पाले २५ औं पटक सगरमाथा आरोहण गरेर यसअघिको आफ्नै कीर्तिमान तोडेका हुन् । १२ जना शेर्पा बिहीबार साँझ ६ बजे चौथो शिविरबाट हिँडेका थिए ।

कम्पनीका अनुसार कामीरितासहितको टोलीमा ६ जना संखुवासभाका र ६ जना सोलुखुम्बुका शेर्पा आरोही छन् । उनीहरु तीन दिनअघि मंगलबार आधार शिविरबाट हिँडेका थिए ।

यस सिजनमा सगरमाथा आरोहणका लागि मात्रै पर्यटन विभागले ४४ वटा आरोहण दललाई अनुमति दिएको छ । जसमा ९२ महिला र ३ सय १५ पुरुष छन् ।

यो सिजनमा झन्डै ४०० जनाले सगरमाथा आरोहण गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्