Logo
Logo

नेपाल सुपर लिगबाट चितवन बाहिरियो

दृष्टि संवाददाता

काठमाडौं । एफसी चितवन पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) बाट बाहिरिएको छ । शुक्रबार भएको खेलमा पोखरा थण्डर्ससँग २–१ गोल अन्तरले पराजित हुँदै चितवन प्रतियोगिताबाट बाहिरिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा चितवन पराजित भएको हो । पोखरालाई जित दिलाउन नवयुग श्रेष्ठ र राफायल रिमगागोले एक एक गोल गरे ।

१० खेलाडीमा समेटिएको चितवनका शिशिर लेखिले एक गोल फर्काए । रोमान्चक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा दुबै टोलीले केहि गोलको अवसर भने सिर्जना गरेको थियो ।

खेलको ७२ औं मिनेटमा चितवनले खेलमा अग्रता बनायो । उसका लागि शिशिर लेखीले उत्कृष्ट गोल गर्न सफल भए । त्यसपछिपनि चितवनले अरु दुई वटा गोलको अवसर पाएको थियो । तर त्यसलाई आत्मसाथ गर्न सकेनन् ।

खेलको ८२ औं मिनेटमा चितवन १० खेलाडीमा झर्न पुग्यो । उसका गोलकिपर विशाल सुनारले डिबक्स बाहिर आएर हातले बल प्रहार गरेपछि रेफ्रीले उनलाई सोझै रातोकार्ड दिए ।

जसका कारण डिबक्सका केहि बाहिर पाएको फ्रिकिकमा नवयुग श्रेष्ठले उत्कृष्ट गोल गर्दै खेल बराबरी गर्न सफल भए । खेलको ८८ औं मिनेटमा राजेश परियारको सशक्त प्रहार क्रसबारमा लागेर फर्कियो । रिबाउण्डमा नवयुग अफसाइड हुँदा उनको प्रहारलाई मान्यता दिइएन ।

१० खेलाडीको फाइदा उठाउँदै पोखराले खेलको अन्तिम आठ मिनेट निकै दबाव दिएको थियो । जसका कारण खेलको इन्जुरी समयको चौथो मिनेटमा पोखराले खेलमा फेरी अग्रता बनायो । उसका लागि रफायल रिम्गाले गोल गर्न सफल भए ।

त्यसपछि चितवन खेलमा फर्कन सकेन र प्रतियोगिताबाट बाहिरीयो । जितपछि पोखराले ६ खेलमा आठ अंक बनाउँदै लिगको तेस्रो स्थानमा उक्लिएको छ । तर अब पोखराले अर्काको खेलको नतिजा कुर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्