महिला टी-२० विश्वकप क्षेत्रीय छनाैट नाेभेम्बरमा हुने « Drishti News – Nepalese News Portal
Logo

महिला टी-२० विश्वकप क्षेत्रीय छनाैट नाेभेम्बरमा हुने


दृष्टि संवाददाता


काठमाडौं । सन् २०२३ मा हुने महिला टी २० विश्वकपकाे क्षेत्रीय छनौटको मिति तय भएको छ । नेपालले पनि सहभागिता जनाउने यो प्रतियोगिता आगामी नोभेम्बर २२ देखि २८ तारिखसम्म हुनेछ ।

मलेसियामा हुने प्रतियोगितामा नेपाल समुह बी मा छ । कोभिडका कारण स्थगित हुनु भन्दा अगाडी यो प्रतियोगिता सेप्टेम्बर २० देखि २६ सम्म हुने तालिका थियो ।

नेपालसँगै भुटान, चीन, हङकङ, कुवेत, म्यानमार र यूएईको सहभागिता हुने प्रतियोगिताको शिर्ष स्थानमा रहने टिमले दाेस्राे चरणकाे छनाैटमा स्थान बनाउनेछन् । त्यसमा शिर्ष २ मा रहने टिमले दक्षिण अफ्रिकामा हुने महिला टी २० विश्वकपमा स्थान बनाउनेछ ।

महिला टी २० विश्वकप २०२३ को फेब्रेवरी नौ देखि २६ सम्म हुनेछ । प्रतियोगितामा १० टिमले सहभागिता जनाउनेछन्।

प्रतिक्रिया दिनुहोस्