Logo
Logo

रेल चालक र सहचालक कम्तीमा प्लस टु पास हुनुपर्ने


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा रेल चालक र सहचालकको शैक्षिक योग्यता कम्तीमा माध्यामिक तह हुनुपर्ने भएको छ । रेल्वे सेवा सञ्चालनका लागि सरकारले ल्याएको रेल्वे विधेयकमा रेल चालक र सहचालकको शैक्षिक योग्यता कम्तीमा माध्यामिक तह (प्लस टु) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख गरिएको हो ।

विधेयकको दफा २३ उपदफा १ को (क) मा विज्ञान विषयमा कम्तीमा माध्यमिक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ ।

त्यस्तै, नेपाल रेल्वे बोर्डबाट मान्यताप्राप्त प्रशिक्षण संस्थाबाट रेल चालउन योग्य भएको प्रमाणपत्र प्राप्त गरेको, रेल चालकको हकमा कम्तीमा पाँच वर्ष सहचालकका रुपमा काम गरेको योग्यता तोकिएको छ।

विधेयकमा चालक र सहचालक दुवैको न्यूनतम र अधिकतम उमेरसमेत उल्लेख गरिएको छ। चालकका लागि २५ वर्ष र सहचालकका लागि २० वर्ष पुग्नुपर्ने तथा ५० वर्ष नपुगेको हुनुपर्ने विधेयकमा उल्लेख छ। कुनै पनि व्यक्तिले अनुमति नलिइ रेल चलाउन पाइँदैन । अनुमतिबिना चलाएमा छ महिनासम्म कैद र ५० हजार रुपैयाँसम्म कैद हुनेछ।

उक्त अध्यादेशमा रेल दुर्घटनामा ज्यान गुमाउने परिवारले किरिया खर्च र सात लाख रुपैयाँ पाउने भएका छन् । घाइते हुनुको हकमा प्रत्येक अंगको २ लाख ५० हजार र घाउ खर्च बापत डेढलाख रुपैयाँसम्म क्षतिपूर्ति दिइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्