Logo
Logo

कोरोनाको प्रभाव रहेपनि टोकियो ओलम्पिक नसर्ने


दृष्टि संवाददाता


एजेन्सी । जापानमा कोरोनाको प्रभाव रहेपनि यो बर्ष टोकियो ओलम्पिक भएरै छोड्ने अन्तराष्ट्रिय ओलम्पिक कमिटीले बताएको छ । आइओसीले यो बर्ष टोकियो ओलम्पिक कसैले रोकेर नरोकिने बताएको हो ।

जापानका जनता यो बर्ष हुने टोकियो ओलम्पिक रद्द गर्नुपर्ने भन्दै विरोध सुरु गरेका छन् । यस्तैमा एक अभियान नै सुरु गरेर प्रतियोगिता रद्द गर्नुपर्ने भन्दै निवदेन नै दिएका छन् ।

जुलाई २३ बाट अगष्ट आठ तारिख सम्म हुने प्रतियोगिता सुरु हुन ११ साता बाँकी हुँदा टोकियो सरकारले मे ३१ तारिखसम्म आपतकालिन घोषणा गरेको छ ।

आइओसीका अध्यक्ष थोमस बाखले टोकियो ओलम्पिक सार्ने वा रद्द गर्ने कुनै संभावना नभएको र जसरी पनि हुने ठोकुवा गरेका छन् । यस्तैमा आयोजकले पनि प्रतियोगिता गराउन तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्