Logo
Logo

काठमाडौंको खतरनाक चोरी समूह गाडीसहित पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २८ फागुन

काठमाडौंको एक खुंखार चोर समूह पक्राउ परेको छ । रामेछाप सुनापाती५ घर भएका ४१ वर्षीय ओमराज श्रेष्ठ, काठमाडौं महानगरपालिका३१ पुरानो बानेश्वर डेरा गरी बस्ने भारत मोतिहारी घर भएका ३५ वर्षीय पारस प्रसाद र ३२ वर्षीय सन्तोष पोदारलाई प्रहरीले पक्राउ गरेको हो ।


उनीहरुबाट बाथरुम तथा धारामा प्रयोग गरिने बिभिन्न सामानहरु ३८ बोरा प्रहरीले बरामद गरेको छ । साथै चाँदीका बिभिन्न किसिमका भाडाकुँडाहरु ९ किलो ५ सय ग्राम र नगद ७० हजार रुपैयाँ तथा सामान ओसारपसार गर्न प्रयोग भएको बा.१४ च ७२६९ नम्बरको भ्यान सहित सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरु गाडी नै लिएर चोरीमा हिड्ने गरेको प्रहरीले जनाएको छ । दर्जनौं घरमा चोरी गरिसकेको समेत अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्