Logo
Logo

पत्रकार महासंघ चितवनलाई स्वास्थ्य सामग्री सहयोग


दृष्टि संवाददाता


चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखालाई विभिन्न संघसंस्थाले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघ र लायन्स क्लब इन्टरनेटशनल ३२५ बी टुले आइतबार माक्स, स्यानिटाइजर र फेससिल सहयोग गरेका हुन् । तीनवटै संस्थाले सय÷सय थान माक्स, स्यानिटाइजर र फेससिल सहयोग गरेका छन् ।

उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष सहनलाल प्रधानले संघको कार्यालयमा आयोजित संक्षित कार्यक्रममा महासंघका अध्यक्ष नारायण अधिकारीलाई ती सामग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष चिरञ्जीवीी सुवेदी, सदस्यहरु सिरिश पन्त र विकास थापाको उपस्थिति थियो । महासंघका सल्लाहकार तिलक रिमाल र उपाध्यक्ष प्रकाशमणि ज्ञवाली कार्यक्रममा सहभागी थिए ।

यस्तै उद्योग संघका अध्यक्ष राजु पौडेलले महासंघको टोलीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । सो अवसरमा संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडी, वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाललगायतको उपस्थिति थियो । सोही अवसरमा महासंघका अध्यक्ष अधिकारीलाई संघका प्रेस सल्लाहकार नियुक्त गरिएको थियो । कार्यक्रममा महासंघलाई बधाई तथा शुभकामनासमेत व्यक्त गरिएको छ ।

लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ का गभर्नर इलेक्ट रामप्रसाद भट्टले महासंघको टोलीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा डिष्ट्रिक कोअर्डिनेटर, दिननाथ न्यौपाने, लायन्सका कोभिड प्रोटेक्सन टिमका संयोजक सिद्धार्थलाल चुके, क्याबिनेट ट्रेजरर नारायणप्रसाद शर्मा, लायन्स लिडरहरु कमलप्रसाद श्रेष्ठ, खोमकान्त रेग्मी, सुरेश श्रेष्ठ, शिव पण्डित, बालगोपाल चुके र प्रशान्तकुमार पियाको उपस्थिति थियो ।

महासंघले प्राप्त सामग्री आइतबारबाटै सदस्यहरुलाई वितरण थालेको छ । यी सामग्री एक लाख ५० हजार रुपैयाँ बराबरका रहेका छन् । सामग्री कोरोना माहामारीको समयमा अग्रभागमा रहेर सूचना प्रवाह गर्नुपर्ने पत्रकारहरुलाई स्वास्थ्य सुरक्षामा सहयोगी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्