Logo
Logo

अमेरिकन आइडलबाट बाहिरिए ‘आर्थर गन’


दृष्टि संवाददाता


काठमाडौं । अमेरिकी आइडलमा पुनः प्रतिस्पर्धाको मौका पाएका दिवेश पोखरेल उत्कृष्ट सातबाटै बाहिरिएका छन् । भोटिङको नतिजाअनुसार आर्थर गन नामले चर्चित पोखरेल आउट भएका हुन् ।

कोरोनाको दोस्रो लहरले अडिसन प्रभावित बनेपछि अमेरिकन आइडलले अघिल्लो सिजनका प्रतिस्पर्धीलाई मौका दिएको थियो । सोही मौका अनुसार दिवेशले मौका पाएका थिए ।

उनले आइतबार आमाको मुख हेर्ने दिनमा विशेष प्रस्तुत दिएका थिए । उनलाई जिताउन विश्वभरबाटै भोटिङ अभियान चलाएपनि उनी यसपटक सफल रहेनन् ।

प्रतिक्रिया दिनुहोस्