Logo
Logo

निगमको अर्को जहाज पनि थन्कियो


दृष्टि संवाददाता


काठमाडौं । ‘कसलाई के धन्दा घरज्वाइँलाई खानकै धन्दा’ भनेझै नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेल कमिशनकै चक्करमा कुदेको हुँदा एयरबस ३३०–२०० ‘अन्नपूर्ण’ अझै ‘ग्राउण्डेड’ छ । गत पुस २४ गते बिहान ४ बजे दोहाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा उक्त एयरबस जहाज ‘फोर्स ल्याण्डिङ’ गरिएको थियो । जसका कारण उक्त जहाजको ल्याण्डिङ गियर फेर्नुपर्ने हुन्छ ।

त्यसका लागि एयरबस कम्पनी फ्रान्सले कोटेशनसमेत पठाइसकेको छ र उक्त ल्याण्डिङ गियरको मर्मत खर्च इन्स्योरेन्स कम्पनीले दिने भनिसकेको छ । तर, अहिलेसम्म उक्त जहाज मर्मत नगर्नुको कारण के हो भन्ने विषयमा महाप्रबन्धक पौडेल मुखमा पानी हालेर बसेको छ ।

निगम स्रोतका अनुसार वाइडबडी जहाज मर्मत गर्न सिंगापुरको कम्पनीले मर्मतका लागि ‘फ्याइट स्लट’समेत दुई महिना अगाडि पठाएको थियो । तर, महाप्रबन्धक पौडेलले मर्मत गर्ने निर्णय नगर्दा जहाज अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउण्डेड’ भएको छ । जसका कारण निगमले करोडौं घाटा व्यहोर्दै आएको छ ।

निगमको इञ्जिनीयरिङ विभागले उक्त जहाज मर्मत गर्न पटक–पटक महाप्रबन्धक पौडेलको ध्यानाकर्षण गराउँदै आएको भए पनि पौडेलको कानमा बतास चलेको छैन । उल्टै कर्मचारीहरुलाई किन मर्मत गर्नुप¥यो ? टाउको नदुखाउनोस् भनेर हप्काउँदै आएको स्रोतले दृष्टिलाई बताएको छ ।

निगमको महाप्रबन्धकजस्तो व्यक्ति अन्य कम्पनीका दलाल भएकोले निगमको जहाज थन्क्याएर अन्य एयरलाइन्सलाई बिजनेश दिने उनको नियत भएको निगम कर्मचारीले दृष्टिलाई बताएको छ । पौडेल महाप्रबन्धक भएर आएपछि निगमको गन्तव्यमा हिमालयन एयरलाइन्सले व्यापार गर्दै आएको छ ।

निगमको महाप्रबन्धकजस्तो व्यक्ति अन्य कम्पनीका दलाल भएकोले निगमको जहाज थन्क्याएर अन्य एयरलाइन्सलाई बिजनेश दिने उनको नियत भएको निगम कर्मचारीले दृष्टिलाई बताएको छ । पौडेल महाप्रबन्धक भएर आएपछि निगमको गन्तव्यमा हिमालयन एयरलाइन्सले व्यापार गर्दै आएको छ ।

कोरोना महामारीमा थुप्रै ठाउँमा चार्टर्ड उडान गर्नुपर्ने हुन्छ । कतिपय ठाउँमा कोरोना उपचारका सामग्री, खोप र अन्य सामानहरु कार्गो गर्नुपर्ने हुन्छ त, कतिपय ठाउँमा यात्रु चार्टर्ड गर्नुपर्ने हुन्छ । त्यसका लागि निगमका वाइडबडी, न्यारोबडी र अन्य आन्तरिक उडानका लागि पनि जहाज चुस्त दुरुस्त रुपमा राख्नुपर्नेमा निगमका सबै जहाज ग्राउण्डेड गरेर महाप्रबन्धक पौडेल हावा खाइरहेका छन् । यो लकडाउनको समयमा निगमको ३३०–२०० एयरबस अक्सिजन सिलिण्डर लिन चीनमा चार्टर्ड गर्नुबाहेक अन्यत्र चार्टर्ड गर्नेतिर ध्यान पु¥याएको छैन । जसका कारण अहिले पनि हिमालयन एयरलाइन्सले दैनिक चीन चार्टर्ड उडान गरिरहेको छ ।

जिएसए लफडा

निगमको विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यहरुमा जीएसए नियुक्त गर्दा जहिले पनि लफडा हुने गरेको छ । निगमको व्यापारमा जीएसएको महत्वपूर्ण भूमिक हुने हुँदा व्यापार हेरेर जीएसएको नवीकरण, पुनःनियुक्ति गर्नुपर्नेमा जसले बढी कमिशन दिन्छ त्यसैलाई सेटिङमा जीएसए नियुक्त गर्दा निगमको अन्तर्राष्ट्रिय उडान पनि घाटामै चल्ने गरेको छ । तर, जीएसएहरु भने मोटाएका छन् । त्यसैले निगमको जीएसए हत्याउन कमिशनको ठूलो खेल हुने गरेको छ ।

निगम स्रोतका अनुसार महाप्रबन्धक पौडेलले साउदीको जीएसए शरद शर्मा भन्नेको कम्पनीलाई दिन मरिहत्ते गरिरहेका छन् । त्यसैगरी इन्डियाका जीएसए वर्ड ट्राभल्सलाई निरन्तरता दिने भित्री तयारी भइरहेको छ भने दुबईको अन्टा ट्राभल्सलाई जीएसए दिने सेटिङ भइरहेको निगम स्रोतले बताएको छ ।

पौडेलले घटना लुकाए ?

अन्य अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरु जहाज बिग्रिएर ग्राउण्डेड भयो भने व्यापार गुम्यो भनेर चिन्तित हुन्छन् र बिग्रिएको जहाजलाई जतिसक्दो चाँडो मर्मत गर्छन् । तर, निगम भने जहाज बिग्रियो भने कमिशन खाने पाइने भयो भनेर ¥याल काढेर बस्छन् । एयरबस ३३०–२०० अन्नपूर्णको ल्याण्डिङ गियर बिग्रिएर थन्किएको चार महिना बित्दा नबित्दै वैशाख १६ गते दुबईबाट काठमाडौं आएको ९ एनकेएक्स कलसाइनको न्यारोबडीको फोर्स ल्याण्डिङ गर्दा ब्रेक बिग्रिएर थन्किएको छ ।

निगम सूत्रका अनुसार महाप्रबन्धक पौडेलले यो घटनालाई एक सातासम्म गुपचुप राखे । यस सम्बन्धी समाचार बाहिर आउन थालेपछि बल्ल पौडेल के भएको हो भनेर अप्रेशन डाइरेक्टर दीपु ज्वारचनसँग सोधीखोजी गरेका छन् । जहाजसम्बन्धी ज्ञानको त कुरै छाडौं, व्यवस्थापनसम्बन्धी पनि पौडेलमा सामान्य ज्ञान नभएको कुरा यो एउटा सानो उदाहरण मात्र हो ।

ईकागजले खोल्यो रहस्य

ईकागजका सम्पादक विकास थापाका अनुसार निगमको एउटा न्यारो बडी (९ एन एकेएक्स) हेभी ल्याण्डिङ गरेको खुलेको छ । गत वैशाख १६ गते दुबईबाट काठमाडौं आएको जहाज त्रिभुवन विमानस्थलमा ९ः३५ मा अवतरण गर्दा १.८ जी फ्याक्टरमा हेभी ल्याण्डिङ गरेको हो । १.७ जी भन्दा माथि ल्याण्ड भएमा त्यो हेभी वा हार्ड ल्याण्डिङ हुने गर्छ ।

एक सय पचास जना यात्रु लिएर आएको उक्त जहाज हेभी ल्याण्डिङ भएपछि पाइलटहरुले निगम व्यवस्थापनलाई कुनै जानकारी नदिएको निगम स्रोतले बतायो । ती क्याप्टेनहरुले हेभी ल्याण्डिङ भएको भनेर लगबुकमा पनि लेखेनन् । बरु कम्प्युटरले हेभी ल्याण्डिङ भयो भनेर निकालेको कागज खल्तीमा हालेर हिंडे ।

हेभी ल्याण्डिङ भएपछि उक्त जहाजले सातवटा उडान भरेको स्रोतले बतायो । उक्त जहाज क्याप्टेन सोनी राणा र प्रशान्त राईले उडाएका थिए । ‘पछि उनीहरूले साथीभाइसँग हेभी ल्याण्डिङ गरेको भनेपछि हिजो बुधबार निगममा गाईगुई चल्न थालेको हो,’ स्रोतले भन्यो, ‘१.८ जी मा ल्याण्ड गरेको रहेछ ।’

विमानको नियमानुसार १.७ जी भन्दा तलका माप हेभी ल्याण्डिङमा पर्दैन । गत पुस २४ गते निगमको एउटा वाइडबडी २.४ जी मा ल्याण्ड हुँदा क्याप्टेन महेश्वरमान डंगोल र क्याप्टेन सुनील श्रेष्ठलाई निगमले कारबाही गरेको थियो । उनीहरुले फोर्स ल्याण्डिङ भएपछि लगबुकमा नलेखेको, जानकारी दिने कम्प्युटरलाई ब्लक गरेको आरोपमा निगमले दुई महिनाको तलबै दिएन । ग्रेड रोक्का गरी पुनः सिनियर प्रशिक्षकसँग तालिम र क्लास लिन लगाएको थियो ।

फोर्स ल्याण्डिङ भएपछि त्यसको भौतिक असर जहाजका विभिन्न संवेदनशील पार्टपूर्जामा परेको हुन्छ । फोर्स ल्याण्डिङ गरेपछि जहाजकै कम्प्युटर जानकारी दिने गर्छ । जानकारी दिंदादिंदै त्यसलाई रोक्ने, निगम व्यवस्थापनलाई थाहा नदिने गर्नु अनैतिक मानिन्छ ।

पाइलटले मानवीय त्रुटि वा प्राविधिक व्यवस्थापन गर्न नसक्दा र मौसममा गडबडी हुँदा हार्ड ल्याण्डिङ हुने गर्छ । फोर्स ल्याण्डिङ भएपछि विमान उत्पादक कम्पनीको एसओपी (मानक सञ्चालन प्रक्रिया) अनुसार विमानका पार्टपूर्जा परीक्षण गर्नुपर्ने हुन्छ । करिब पाँच महिनाअघि क्याप्टेन सञ्जय वैद्य र गृष्म श्रेष्ठले १.७ जी मा हार्ड ल्याण्डिङ गर्दा पनि निगमले कारबाही गरेको थियो । तर उनीहरुले जानकारी दिएकाले कडा कारबाही भएको थिएन ।

आइडीधारी पाइलट

फोर्स ल्याण्डिङ गराउने क्याप्टेन राई बेलायतको (आइडीधारी) नागरिक हुन् । सन् १९८६ मा लण्डनमा जन्मेका राईले वाइड बडी जहाजको तालिम लिने बेलामा बेलायती दूतावासलाई आइडी समर्पण गरिसकेको छु भनेर चिठी लेखेका थिए । आधिकारिक रुपमा आइडी त्याग गरे÷नगरेको निगमले छानबिन गरेको छैन ।

गत जुलाईमा निगमका केही पाइलटलाई कोरोना भएपछि राई तीन महिना लण्डन गएर बसेका थिए । हरेक दुई, दुई वर्षमा आई.डी नवीकरण गर्नुपर्छ । त्यसैका लागि उनी तीन महिना लण्डन बसी नवीकरण गरे, यता निगमले तलब खुवाइरहेको थियो ।

यसैगरी प्रबन्ध निर्देशक पौडेलले बिट्रिश आईडीधारी क्याप्टेन प्रशान्त राईको वास्तविकता निगमले छानबिन गर्ने बताए । नेपालको कानुनअनुसार विदेशी मुलुकको पीआर, आइडी, नागरिकता लिएको व्यक्ति सरकारी सेवामा अयोग्य हुन्छ । यस्तो व्यवस्था तत्कालीन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्