Logo
Logo

ओलीको निर्णयमा देउवाको समर्थन


- दृष्टि न्युज/संवाददाता



विराटनगर, २९ फागुन । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई नेपाली कांग्रेस्र सभापति शेरबहादुर देउवाले समर्थन गरेका छन् । विप्लव समूहलाई कडा कानुन अनुसार कारवाही गर्नुपर्ने उनले बताए । बुधबार बिहान विराटनगर बिमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले हिसात्मक गतिविधी गर्नेलाई प्रतिबन्ध लगाउने निर्णय उपयुक्त भएको बताए । ओलीले यसबारे देउवालाई बालुवाटारमै बोलाएर ब्रिफिङ समेत गरेका थिए ।


हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले मंगलबार विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो ।

‘विप्लवले आतंक फैलाउने काम गरेको छ, हाम्रै साथीहरुमाथि पनि आक्रमण भयो’ उनले भने, ‘प्रतिबन्ध मात्रै होइन, कारबाही गर्नपर्छ ।’ जथाभावी आक्रमण गर्ने र अशान्ति मच्चाउने कार्य रोक्न विप्लव समूहविरुद्ध सरकारले कडा कदम चाल्नुपर्ने उनले बताए ।
चन्दाका लागि हिंसाका घटना बढाएपछि सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्