Logo
Logo

ठगी आरोपमा मेनपावर सञ्चालक पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २९ फागुन
वैदेशिक रोजगारीमा पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा काठमाडौं बसुन्धरास्थित डेल्टा म्यानपावरका संचालक सिन्धुपाल्चोक घर भएका राजन केसीलाई प्रहरीले बानेश्वरबाट मंगलबार साँझ पक्राउ गरेको छ । राजनले टर्की पठाईदिन्छु भनी करिब ७० जनासँग प्रतिव्यक्ति ४ लाखका दरले पैसा उठाई हालसम्म विदेश नपठाएको सम्बन्धमा अनुसन्धानको क्रममा उनलाई नियन्त्रणमा लिइएको हो ।


राजनलाई बानेश्वरबाट नियन्त्रणमा लिएकोमा बैदेशिक रोजगार बिभागले आवश्यक कारवाहीको लागि प्रहरी कार्यालयमा पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्