Logo
Logo

ललितपुरका प्रहरी अख्तियारको फन्दामा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २९ फागुन ।

महानगरीय प्रहरी परिसर, जावलाखेलमा कार्यरत प्रहरी नायव निरीक्षक प्रकाश चन्द्र घिमिरेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको खुलेपछि आयोगले मुद्दा दायर गरेको हो । घिमिरेले माध्यमिक शिक्षा परिषद्,क्षेत्तिय कार्यालय, बाराणसी, भारतबाट प्राप्त इन्टरमिडियट तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवामा प्रवेश गरी नियुक्ति लिई लाभ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्