Logo
Logo

सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नालाई कोरोना


दृष्टि संवाददाता


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नालाई कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार रातिदेखि स्वास्थ्यमा सामान्य समस्या देखिएपछि मन्त्री ठगुन्नाले मंगलबार कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो ।

हाल मन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको सल्लाहअनुसार उपचार भइरहेको सचिवालयले जनाएको छ।

यसबीचमा मन्त्रीसँग प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुलाई आवश्यक सतर्कताका लागि अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्