Logo
Logo

रडले हानेर सुन पसलको १० लाख लुटियो


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १८ पुस ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ५ स्थित चौह्रत्तरकिलोबाट सुनसरी धरानबराह नगरपालिका १ बस्ने २६ वर्षीय निरोज घिमिरेको नगद १० लाख रुपैयाँ मंगलबार दिउँसो लुटपाट भएको छ ।


बा.८३ प ६१८६ नम्बरको मोटरसाइकलमा सवार भई काठमाडौबाट चौहत्तरकिलो भन्ने स्थानमा आई खाजा खाईरहेको अवस्थामा अचानक ३ जना अपरिचितव्यक्तिहरुले रडले प्रहार गरी साथमा रहेको उक्त रकम लुटी फरार भएको बताइएको छ । घिमिरेको काठमाडौं अनामनगरमा सुन पसल रहेकोले सुन खरीद गर्नका लागि उक्त रकम साथमा लिएर हिँडेको खुल्न आएको छ । लुटेराहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्