Logo
Logo

विप्लवको बन्द असफल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० फागुन ।
नेक्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्द असफल भएको छ । बन्दको सामान्य मात्र असर देखिएको छ । देशभरी सार्वजनिक तथा निजी सवारी साधन चलेका छन् भने बजार पनि खुलेको छ ।


कतै हिंसात्मक घटना नभएको प्रहरीले जनाएको छ । रुपन्देहीको बुटवल र दाङमा भने शंकास्पद वस्तु फेला पारिएको छ। बुटवल बेलहिया सडकखण्डको बुटवल उपमहानगरपालिका(११ स्थित कालिका चोकमा रहेको ट्राफिक बेरिकेडमाथि नै शंकास्पद वस्तु फेला पारिएको हो।
बम रहेको आशंकामा नेपाली सेनाको बम डिस्फोजल टोली घटनास्थल पुगेको र सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा तुल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

त्यस्तै, तुलसीपुर उपमहानगरपालिका(५ बिपि चोक नजिकै एक कपडा पसल बाहिर पनि शंकास्पद वस्तु भेटिएको छ। सो वस्तुलाई इलाका प्रहरी कार्यालय, तुलसीपुर प्रमुख प्रेम शाहीको टोलिले नियन्त्रणमा लिएको छ।

शंकाष्पद वस्तु भेटिएपछि बुटवल र तुलसीपुर दुबै स्थानको जनजिवन सशंकित बनेको छ।

नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द आह्वान गरेको दिनमा शंकाष्पद वस्तु भेटिनुले यस कार्यमा सोही पार्टी संलग्नता हुनसक्ने प्रहरीले आशंका गरेके छ।

आपफ्ना नेता पक्राउ परेको विरोधमा आह्वान गरिएको बन्दका कारण पश्चिम नेपालको जनजीवन प्रभावित बनेको छ।

बिहानैबाट सवारी साधन सञ्चालनमा आउन सकेका छैनन्। स्कुल, कलेज र बजार पनि बन्द रहेका छन्।

जिल्ला बाहिरबाट आज बिहान रुपन्देही र दाङ आएका गाडीलाई भने प्रहरीले स्कर्टिङ गरी गन्तव्यतर्फ पठाएको प्रहरीले जनाएको छ। यस्तै अन्य जिल्लाहरुमा पनि प्रहरीले लामो दूरीका सवारीलाई स्कर्टिङ गरी गन्तव्यतर्फ पठाएको सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरुले बताएका छन्।
अपराधिक गतिविधि बढाएपछि सरकारले सो समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ । सोही निर्णयको विरोधमा उनीहरुले बन्द आह्वान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्