Logo
Logo

महामारीमा पनि हुन्डी कारोबार, ८२ लाखसहित चार पक्राउ


दृष्टि संवाददाता



पर्सा । कोरोना महामारीको समयमा समेत हुन्डीको कारोबार रोकिएको छैन । प्रहरीले ८२ लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिकहरु कलामुद्दिन अन्सारी, विकास कुमार, गुड्डु कुमार , साहिल गुप्ता छन् ।


जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बीरगञ्ज– ३ आदर्शनगर, पानीटंकीबाट उनीहरुलाई पक्राउ गरेको हो । बारा महागढीमाई ४ बस्ने वर्ष १८ को कलामुद्दिन अन्सारीलाई आदर्शनगर चोकमा कालो झोला बोकी हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिई निजले बोकेको झोला जाँच गर्दा झोलाभित्र २५ लाख रुपैयाँ भेटिएको थियो । पछि विकास कुमारको डेरामा खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग र दुई वटा हेल्मेटभित्र लुकाइछिपाई राखिएको ५७ लाख ५० हजार बरामद भएको हो।
उनीहरूलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको एसपी बेल बहादुर पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्