Logo
Logo

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण


दृष्टि संवाददाता


काठमाडाैं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनअनुसार बुधबार रथारोहण गरिएको हो ।

हाल विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड महामारीलाई ध्यानमा राखी सरकारले तोकेको नियम पालना गरी करुणामयलाई रथमा विराजमान गरिएको हो ।

उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा मच्छिन्द्रनाथ जात्रालाई मनाउने गरिन्छ । मच्छिन्द्रनाथलाई ६ महिना पाटनको तःबहाल र ६ महिना बुङ्मतीमा राख्ने चलनानुसार गत मङ्सिरमा पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको थियो ।

लिच्छिवी राजा नरेन्द्रदेवका पालामा भारतको कारुप कामाख्या गइ रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याइएको किंवदन्ती छ । गुरु गोरखनाथले नव नागको आसन बनाएर बसिदिएका कारण बाह्र वर्षसम्म पानी नपरी अनिकाल लागेपछि राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचाजु, ललित ज्यापु तथा र्कोटक नागराजासमेत कामरुप कामाख्या गइ रातो मच्छिन्द्रनागलाई काठमाडौं उपत्यका ल्याएको किंवदन्ती पाइन्छ ।

आफ्नो गुरु मच्छिन्द्रनाथ देखेपछि गोरखनाथ गुरुको दर्शनका लागि जाने क्रममा नव नाग मुक्त भइ वर्षा र सहकाल लागेको विश्वास गरिन्छ ।

करिब दुई महिना चल्ने नेपालकै सबैभन्दा लामो रथयात्रा रातो मच्छिन्द्रनाथको रथलाई सुन्धारा, नुगल, लगनखेल हुँदै जावलाखेल पु¥याएर साइत अनुसार भोटो देखाइ मच्छिन्द्रनाथको मूर्तिलाई बुङ्मतीमा लगेपछि जात्रा समापन भएको मानिन्छ ।

तर यस बर्षपनि कोरोना महमारीका कारण औपचारिकतामा मात्र जात्रा मनाईने गुठी संंस्थानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्