Logo
Logo

भारतमा फेरि बढ्न थाल्यो संक्रमण


दृष्टि संवाददाता



काठमाडौं । भारतमा दुई दिनयता फेरि संक्रमण बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा तीन लाख ६२ हजार ७२७ नयाँ संक्रमित थपिएका छन् ।


दुई अघि संक्रमण घटेर तीन लाख २७ हजारमा पुगेको थियो । बुधबार तीन लाख ५२ हजारलाई संक्रमण भएको थियो, बिहीबार पनि नयाँ संक्रमितको संख्या बढेको हो । भारतमा मुख्य सहरमा संक्रमण केही घटेको छ भने ग्रामिण क्षेत्रमा संक्रमण बढ्दै गएको छ ।
त्यस्तै, २४ घन्टामा चार हजार एक सय २० को मृत्यु भएको छ । यो अवधिमा तीन लाख ५२ हजार निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्