Logo
Logo

कोभिडबाट असइको निधन


दृष्टि संवाददाता




काठमाडौं । कोभिड १९ को संक्रमणबाट नेपाल प्रहरीका एक कर्मचारीको निधन भएको छ । महानगरीय अपराध महाशाखामा कार्यरत असई देवी पुरीको बिहीबार निधन भएको हो ।


उनी महाशाखाको ठिमी वृत्तमा कार्यरत थिए। उपचारको क्रममा प्रहरी अस्पतालमा उनको मृत्यु भएको महाशाखाले जनाएको छ ।
जनताको सेवा गर्ने क्रममा ठूलो संख्यामा प्रहरीहरु संक्रमित भएका छन् । पर्याप्त स्रोत साधन र सुविधा नभएपनि महामारीको समयमा सुरक्षाकर्मीहरुको ज्यानको बाजी दिएर सेवामा खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्