Logo
Logo

ग्लोबल आइएमई बैंकको थप तीन शाखारहित बैंकिङ सेवा



काठमाडौं । ग्लोबल आइएमई बैंकले थप तीन शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले पुस १० गते मंगलबा देखि नवलपरासी बर्दघाट–सुस्ता पूर्व जिल्लाको मध्यविन्दु नगरपालिका–१५ हर्बस्टारमा ११३औँ र पुस ११ गते बुधबारदेखि सोहीे जिल्लाकै कावासोती नगरपालिका–१७, गोछडामा ११४औँ र पुस १२ गते बिहीबारदेखि पाल्पा जिल्ला रम्भा गाउँपालिका–१, हुँगीमा ११५औँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
यी तीनै शाखारहित बैंकिङ सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीको रोहवरमा भएको छ । हर्बस्टार र गोछडामा खोलिएको शाखारहित बैंकिङ सेवा बैंकको कावासोती शाखा र हुँगीमा खोलिएको शाखारहित बैंकिङ सेवा बैंकको तानसेन शाखाको मातहतमा रहनेछन् ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ सेवा लिन सक्नेछन । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सीडिएमए, युटिएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ सेवा शुरु गरेको हो ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले १३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ११५ शाखारहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालयमाफर्त आफ्ना ९ लाख ५० हजार भन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्