Logo
Logo

नेपाल पक्षका नेतालाई पनि मन्त्री बनाउने तयारी


दृष्टि संवाददाता



काठमाडौं । बहुमतको सरकार बनाउने समय सकिएपछि ठूलो दलको नेताका आधारमा केपी शर्मा ओली नै प्रधानमन्त्री हुने पक्का भएको छ । तर, उनको सपथ भने आजै हुने सम्भावना कम छ ।

उनको पुर्ननियुक्तिसँगै मन्त्रीमण्डल समेत पुर्नगठन गर्नुपर्ने हुन्छ । त्यसका लागि गृहकार्य पुगेको छैन । स्रोतका अनुसार माधव नेपाल पक्षका नेताहरुलाई समेत मन्त्री बनाउने तयारी भइरेहको छ । त्यस्तै राजपाका महन्थ ठाकुर पक्षका केही नेतालाई पनि मन्त्री बनाउने उनको तयारी छ । त्यसबारे छलफल गर्न ठाकुर र राजेन्द्र महतो बिहीबार साँझ बालुवाटार पुगेका थिए ।


यसरी नियुक्त भएपछि ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । माधव नेपाल पक्ष र महन्थ ठाकुर पक्षको मतबाट उनलाई बहुमत पुग्ने अवस्था छ ।


ओली र नेता नेपालबीच भएको छलफलमा सहमतिका लागि कार्यदल गठन गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्