Logo
Logo

एमालेले कार्यदल बनायो, समाधानको विन्दु खोज्ने


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेले आन्तरिक विवाद समाधानका लागि कार्यदल गठन गरेको छ । बिहीबार अपराह्न पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको सहमति अनुसार ९ सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा ओली समूहको तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल छन् भने नेपाल समूहकोतर्फबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट सदस्य छन् । बाँकी दुई सदस्य भने पछि थप गर्ने बताइएको छ ।

यो कायर्दलले दुई पक्षबीच रहेको मतभेद पहिल्याउँदै पार्टीलाई एकताबद्ध बनाएर लैजानका लागि भूमिका खेल्ने केन्द्रीय सदस्य अइन्द्र सुन्दर नेम्वाङले जानकारी दिए । माधव समूहले २०७५ जेठ २ को अवस्थामा पुर्याउनुपर्ने अडान राख्दै आएको छ ।

जेठ २ को अवस्था पुग्नु भनेको माओवादी र एमालेबीचको एकता प्रक्रिया भन्दा आगडीको अवस्थामा पुग्नु हो । नेता नेपालले राख्दै आएको माग अनुसार सर्वोच्चले नेकपा खारेज गरे यता एमालेले गरेका सम्पूर्ण निर्णय खारेज गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्