Logo
Logo

अर्थमन्त्रीमा पौडेलले नै निरन्तरता पाउने, गृहमन्त्री को ?


दृष्टि संवाददाता



काठमाडौं । प्रधानमन्त्रीको पुर्ननियुक्तिसँगै मन्त्रीपरिषद् हेरफेर हुने भएकाले बालुवाटारमा मन्त्री बन्न दौडधुप सुरु भएको छ । अहिलेका मन्त्रिपरिषद्का आधा जसो मन्त्रीहरु हेरफेर हुनेछन् ।

तस्विर फाईल ।


आजै केही मन्त्रीलाई नियुक्तिको तयारी छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निरन्तरता पाउने स्रोत बताउँछ । अन्य मन्त्रीहरुको पद धरापमा छ ।

पूर्वमाओवादीबाट ६ जना मन्त्री छन् । गृह, जलस्रोत, सहरी विकास, श्रम, खेलकुद र खानेपानी मन्त्रालयमा पूर्व माओवादी नेता छन् । उनीहरु सबैको सांसद पद छैन । जसकारण उनीहरु बढीमा ६ महिना मात्र मन्त्री हुन पाउँछन् । जसमध्ये खानेपानीमन्त्री मणि थापा र खेलकुद मन्त्री दावा तामाङ पहिलेदेखि नै सांसद नभएकाले उनीहरु अब बढीमा दुई महिना मन्त्री हुन पाउँछन् । अन्य चार जनाको सांसद पद माओवादीले खोसेको थियो ।


जसमध्ये गृहमन्त्री रामबहादुर थापा बादल राष्ट्रियसभाको उपनिर्वाचन लड्दैछन् । संविधानअनुसार सांसद नभएको व्यक्ति एक पटक मात्र मन्त्री नियुक्त हुने संवैधानिक प्रावधान छ । यसको कसरी ब्याख्या हुन्छ भन्ने प्रष्ट हुन सकेको छैन । बालुवाटार स्रोतका अनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेलले गृह मन्त्रालयको लागि लबिङ गरिरहेका छन् । सेनासँगको विवादपछि प्रधानमन्त्री ओलीले उनलाई रक्षा मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा जिम्मेवारी दिएका थिए । पार्टी छाडेर एमालेमा लागेका बादललाई तत्काल गृहमन्त्रीबाट हटाउँदा उनी रिसाउन सक्ने भएकाले मन्त्रीमण्डल गठनमा समस्या देखिएको छ ।

राजपाका अध्यक्ष महन्थ ठाकुरलाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्भावना समेत रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्