Logo
Logo

कोरोनाविरुद्धको नीति प्रभावकारी भएको प्रधानमन्त्रीको दावी


दृष्टि संवाददाता


काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्ध कठोर नीति लिन नसक्दा कोरोना भाइरसको संक्रमणले मुलुकको अवस्था भयावह भएको बताइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भने सरकारले कोभिडविरुद्ध लिएको नीति प्रभावकारी भएको दावी गरेको छन् ।

शुक्रबार गोदावरी सनराइज सम्मेलन केन्द्रको उद्धाघटन कार्यक्रममा प्रधानमन्त्री ओलीले कोभिड विरुद्ध सरकारको कदम प्रभावकारी भएको बताएका हुन् ।

‘मानिसहरुको ज्यान गइरहेको छ । बहुत दुःखको कुरा हो । ज्यान बचाउने कुरालाई सबैभन्दा महत्वको विषय बनाएर सरकार हिँडिरहेको छ । हामीले लिएको नीति सही छ । हाम्रा कदमहरु प्रभावकारी छन,’ओलीले भने ।

उनले कोभिड विरुद्ध सफलता प्राप्त गर्ने संकल्पका साथ अघि बढ्न आग्रह गरे । ओलीले कोभिड–१९ का संक्रमितलाई बाटोमा पाल टाँगेर उपचार गर्ने अवस्था आउन नदिन आफूहरु लागिरहेको पनि उनले बताए ।

तर, सरकारले यसो भनिरहँदा काठमाडौं उपत्यकामै अस्पतालमा उपचार नपाएर संक्रमितको मृत्यु भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्