Logo
Logo

बादल तेस्रो पटक गृहमन्त्रीमा नियुक्त


दृष्टि संवाददाता



काठमाडौं । रामबहादुर थापा बादल तीन वर्षमा तेस्रो पटक गृहमन्त्रीमा नियुक्त भएका छन् । केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएसँगै उनी फेरि गृहमन्त्रीमा नियुक्त भएका हुन् । उनले शुक्रबार नै गृह मन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।


सुरुमा उनी २०७४ मा माओवादी केन्द्रको तर्फबाट गृहमन्त्री भएका थिए । नेकपा फुटेपछि उनी एमालेतफ लागेका थिए । जसमा माओवादी केन्द्रले राष्टिय सभाको सदस्यबाट हटाएपछि गैरसांसदको रुपमा दोस्रो पटक उनी गत महिना मात्र नियुक्त भएका थिए । शुक्रबार उनी तेस्रो पटक नियुक्त भएका हुन् ।


बादल राष्ट्रियसभाको उपनिर्वाचन लड्दैछन् । जे७ ६ मा हुने चुनावमा उनी एमालेतर्फबाट उम्मेदवार छन् । एमालेकै डा खिमलाल देवकोटालाई माधव नेपाल पक्ष, नेपाली कांग्रेस तथा माओवादी केन्द्रले सघाएका छन् । केपी ओली र माधव नेपाल पक्षबीच सहमति भएको बताइएपनि देवकोटाले उम्मेदवार फिर्ता नलिने बताएका छन् । यस्तो अवस्थामा निर्वाचनको मत परिणाम अष्पष्ट छ । राष्ट्रियसभाको उपनिर्वाचनमा प्रदेश सांसद, तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । निर्वाचनमा पराजित भएमा बादलको मन्त्री पद केही महिनामै सकिने छ ।

प्रतिक्रिया दिनुहोस्