Logo
Logo

यी हुन् निषेधाज्ञा लागू नभएका चार जिल्ला


दृष्टि संवाददाता



काठमाडौं । जनघनत्व कम भएका पहाडी तथा हिमाली जिल्लामा समेत कोरोना संक्रमण बढ्दै गएको छ । संक्रमण बढेपछि चार बाहेक सबै जिल्लामा निषेधाज्ञा लागू गरिएको छ ।


हिमालपारीको जिल्ला मुस्ताङमा पनि बिहीबारदेखि निषेज्ञाधा लागू गरिएको छ । जिल्लाको थासाङ, घरपोझोङ र बारागुङ मुक्तिक्षेत्रमा निषेधाज्ञा लागू गरिएको गृह मन्त्रालयले जनाएको छ । हालसम्म ७७ मध्ये ७३ जिल्लामा निषेधाज्ञा लागू भइसकेको छ । जसमध्ये पाँच वटा जिल्लामा आशिंक मात्र लागू गरिएको छ । मुस्ताङसहित सप्तरी, धनकुटा, काभ्रेपलाञ्चोक र ताप्लेजुङमा आशिंक निषेधाज्ञा छ भने ६८ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा लागू गरिएको छ । काभ्रेमा संक्रमण तिव्र भएपनि मुख्य सहर र राजमार्गका आसपासमा मात्र निषेधाज्ञा लागू गरिएको छ ।


सक्रिय संक्रमितको संख्या न्यून भएकाले चार जिल्लामा भने निषेधाज्ञा लागू गरिएको छैन । जसमा तेह्रथुम, खोटाङ, मनाङ र रुकुम पूर्व छन् । ती जिल्लामा पनि संक्रमण बढ्न थालेको छ । संक्रमण रोक्न सुरुमै निषेधाज्ञा लागू गर्ने भन्दा संक्रमण बढेपछि मात्र निषेधाज्ञा लागू गर्ने गलत नीति सरकारले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्