Logo
Logo

मदिराको नसामा कुकरले हानेर श्रीमतीको हत्या


दृष्टि संवाददाता



रुपन्देही । मदिराको नशामा एक युवाले श्रीमतीको हत्या गरेका छन् । श्रीमती २५ वर्षीया बिमला परियार चौधरीको हत्या गरेको अभियोगमा शुद्धोधन गाउँपालिका–५ कुमारी बस्ने ३४ वर्षीय रामनारायण थारुलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।


घरायसी बिबादका कारण थारुले मादक प्रदार्थ सेवन गरी बिमलालाई खाना पकाउने प्रेसर कुकरले टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले थारुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्