Logo
Logo

इन्भेष्टमेण्ट बैंकद्वारा ‘सनडे फनडे’ र ‘वाह् ओइनस्डे’ दुई योजना सार्वजनिक



काठमाडौं । नयाँ वर्ष २०१९ को शुुभारम्भसँगै नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यर बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका १४ वटा बैंकहरु र भिसाको संयुक्त सहकार्यको रुपमा भिसा कार्ड लोयल्टी प्रोग्राम २०१९ सनडे फनडे र वाह् ओइनस्डे गरी दुुई भिन्न प्रकारको योजना सार्बजनिक गरेका छन् ।
सनडे फनडेअन्तर्गत यी बैंकका भिसा डोमेस्टिक कार्ड वाहकहरुले हरेक आइतबार देशभरका प्याइन्ट अफ सल टर्मिनल (पोस)हरुमा सामान तथा सुविधा खरिद गर्दा भिसा डेविट, प्रिपेड वा क्रेडिट कार्डमार्फत भुक्तानी गरेर आफ्नो खातामा १५ प्रतिशत वा अधिकतम रु ५०० सम्म नगद फिर्ता हुने योजना ल्याएका छन् ।
वाह् ओइनस्डे योजनाअन्तर्गत यी बैंकका भिसा डोमेस्टिक कार्ड वाहकहरुले भाटभटेनी सुुपरमार्केटका देशभरीका कुुनै पनि शाखाबाट हरेक बुुधबार सामान खरीद गरेवापत अधिकतम रु ७५० सम्म गिफ्ट भौचर प्राप्त गर्न सकिनेछ ।
यस योजनाबाट सेन्चुरी बैंक , गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंक, कैलाश विकास बैंक, कुमारी बैंक, महालक्ष्मी विकास बैंक, मेगा बैंक, मुक्तिनाथ विकास बैंक, नेपाल बैंक, एनसिसि बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, सहयोगी विकास बैंक र युुनाइटेड फाइनान्सका भिसा डोमेस्टिक कार्ड प्रयोगकर्ताहरु लाभान्वित हुनेछन् ।
यस किसिमको योजनाबाट नगदरहित कारोबारलाई प्रोत्साहन हुुने र सुुरक्षित डिजीटल कार्ड कारोवार तीर ग्राहकवर्गहरु आकर्षित हुुनेमा बैंकहरु विश्वस्त छन् । यो योजना जनावरी देखि अप्रिल २०१९ सम्म लागू हुुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्