Logo
Logo

सुखद संकेतः काठमाडौंमा सक्रिय संक्रमितको संख्या घट्यो


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौैं उपत्यकामा कोरोना संक्रमणमा केही सुखत संकेत देखिन थालेको छ । नयाँ संक्रमितको संख्या घटेसँगै सक्रिय संक्रमितको संख्या समेत घटेको छ ।



नयाँ संक्रमित हुने भन्दा उपत्यकामा निको हुनेको संख्या धेरै देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक छ । काठमाडौंमा शनिबार सक्रिय सक्रमितको संख्या ३० हजार ४ सय ५२ थियो । आइतबार थोरै घटेर ३० हजार एक सय २४ मा झरेको छ ।


भक्तपुर र ललितपुरमा पनि नयाँ संक्रमित र निको हुनेको संख्या लगभग उस्तै छ ।
भक्तपुरमा शनिबार सक्रिय संक्रमितको ५ हजार रहेकोमा आइतबार घटेर चार हजार आठ सय ९१ रहेको छ । ललितपुरमा ७ हजार एक सय ६ रहेकोमा थोरै मात्र बढेर सात हजार एक सय १८ पुगेको छ ।

नयाँ संक्रमितको संख्या तीनै जिल्लामा एक सातायता कम भएको छ । आइतबार तीन जिल्लामा दुई हजार ६ सय नौ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि उपत्यकाका एकैदिन चार हजार दुई सयलाई संक्रमण भएको थियो । आइतबार काठमाडौंमा एक हजार आठ सय ८१, ललितपुरमा चार सय ३६ तथा भक्तपुरमा दुई सय ९२ जनालाई संक्रमण भएको छ ।


समग्रमा देशमा संक्रमणको संख्या घटेको बताइएपनि उपत्यकामा मात्र घटेको देखिन्छ । घटेपछि अझै ठूलो जोखिम कायमै रहेको चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्