Logo
Logo

समयमै उपचार नपाउँदा असइको निधन


दृष्टि संवाददाता



काठमाडौं । नेपाल प्रहरीका एक असइको कोभिड–१९ बाट मृत्यु भएको छ ।

प्र.स.नि शम्भुलाल दमाई

लुम्बिनी प्रदेश दगां नियन्त्रण प्रहरी गण सुनवल पश्चिम नवलपरासी दरबन्दी भई हाल प्रहरी चौकी चारपाला गुल्मीमा कार्यरत प्र.स.नि शम्भुलाल दमाईको आइतबार राती निधन भएको हो ।


उनलाई गत २६ बैशाखमा कोरोना देखिएको थियो । प्रहरी चौकीकै आइसोलेसनमा बस्दै आएका उनलाई आइतबार राती श्वास प्रस्तावमा समस्या भएको थियो । राती अस्पताल पु¥याएलगत्तै उनको मृत्यु भएको हो । होम आइसोलेसनमा हुँदा पर्याप्त स्वास्थ्य परीक्षण हुन नसक्दा उनको मृत्यु भएको सहकर्मीहरु बताउँछन् । स्वास्थ्यमा गम्भीर समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्