Logo
Logo

स्थिती नियन्त्रणबाहिर गएपछि बनेपा शिल, खाद्यान्न पसल समेत बन्द हुने


दृष्टि संवाददाता



काठमाडौं । कोरोना संक्रमणको अवस्था नियन्त्रण बाहिर गएको संकेतपछि बनेपा नगरपालिका एक साताका लागि शिल गरिएको छ । यो अवधिमा खाद्यान्न तथा फलफुल पसल समेत बन्द हुने भएको छ ।


जेठ ४ गते रातीदेखि १२ गतेसम्म शिल गर्ने निर्णय गरिएको हो । यो अवधिमा औषधी खरिदमा बाहेक घरबाहिर निस्कन निषेध गरिएको छ । बैंक तथा वित्तिय संस्था समेत बन्द हुने भएका छन् ।

काभ्रेमा दैनिक दुई सयको संख्यामा नयाँ संक्रमित थपिदै आएका छन् । बनेपा, पनौती तथा धुलिखेलमा सक्रमितको संख्या बढीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्