Logo
Logo

माछापुच्छरे बैंकको नयाँ शाखाको शुभारम्भ



काठमाडौं । माछापुच्छरे बैंक लिमिटेडले सुनकोशी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । बैंकले २०७५ पुस १२ देखि ओखलढुङ्गाको सुनकोशी गाँउपालिकास्थित सुनकोशी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, प्रदेशसभाका सांसद मोहन खड्का र सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीसँग संयुक्त रुपमा गरेका छन् ।
यसअघि यो स्थानीय निकायमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति रहेको थिएन । सुनकोशी शाखा कार्यालयको औपचारिक सुरुवातपछि यस सुनकोशी गाँउपालिकामा उपस्थिति जनाउने पहिलो बैंक बन्न सफल भएको छ । नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेपलगायतका सम्पूर्ण बैंकिङ सुबिधा उपलब्ध गराएको छ ।
बैकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८९ वटा शाखाहरु र ४६ शाखा रहित बैंकिङ सेवा समेत गरी जम्मा १३५ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १०८ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्