Logo
Logo

दुबईबाट सुन लिएर आएका युवा विमानस्थलमा पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ३ चैत ।
भन्सार छलि ल्याएको सुनको बाला २ थान र औंठी २ थान समेत गरी करिब १ सय ४० ग्राम सुनसहित एक युवक पक्राउ परेका छन् । गुल्मी छत्रकोट गाउँपालिका १ पल्लीकोट बस्ने ४९ वर्षीय पदमपाठी पाण्डेलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पार्किङ एरियामा दुबई एयरको उडानद्वारा आएका पाण्डेको साथमा सो सुन बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्