Logo
Logo

पूर्व प्रहरी महानिरीक्षक बरालको निधन


दृष्टि संवाददाता



काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा बुधबार विहान निधन भएको छ । महाराजगञ्जस्थित निवासमै उनको निधन भएको हो ।


उनी ६ वर्ष प्रहरीको महानिरीक्षक भएका थिए । १ साउन २०२९ देखि ३१ जेठ २०३५ सम्म महानिरीक्षक भएका थिए । उनले प्रहरीमा ठूलो सुधार गरेका थिए ।


उनको बुधबार दिउँसो पशुपतिमा अन्तेष्टि गरिने बरालका नाती पूजनले जानकारी दिए ।
बराल मुक्ति सेनामा समेत आबद्ध भएका व्यक्ति हुन् । अवकाशपछि उनी बर्माको लागि नेपाली राजदूत समेत भएका थिए ।

उनको कार्यकालमा नेपाल प्रहरीका कर्मचारीलाई पोशाक र रासन दिने परम्परा सुरु भएको थियो । सार्थै प्रहरी कार्यालयहरु एकै प्रकारको बनाउने काम पनि सूरुवात भएको थियो ।


प्रहरी कल्याणकोषको स्थापना, इन्जिनियरीङ शाखाको स्थापना तथा नगर प्रहरीको सुरुवात उनले नै सुरु गरेका थिए ।

उनी २०१३ सालमा इन्सपेक्टर पदमा नेपाल प्रहरीमा भर्ना भएका थिए । भर्ना भएको १६ वर्षमा नै महानिरीक्षक पदमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्