Logo
Logo

मौन अवधिको उल्लंघन गर्दै प्रधानमन्त्रीद्वारा बादललाई भोट दिन आह्वान


दृष्टि संवाददाता



काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिताको उल्लंघन गरेका छन् । बिहीबार हुन लागेको राष्ट्रिय सभा उप निर्वाचनमा रामबहादुर थापा बादललाई भोट दिन उनले आह्वान गरेका छन् ।


जबकी निर्वाचन आयोगले मंगलबारदेखि नै मौन अवधि लागू गरिसकेको छ । यो अवधिमा मत माग्ने तथा प्रचार प्रसार गर्न पाइँदैन । धानमन्त्रीले नै यसको ठाडो उल्लंघन गरेका छन् । पार्टी उम्मेदवारलाई मतदान नगरे क्षम्य नहुने समेत उनले चेतावनी दिएका छन् ।


यसअघि महासचिव ईश्वर पोखरेलले बिज्ञप्ती जारी गरी बादललाई मत दिन भनेका थिए । मंगलबार सहयोग माग्न बादल एमालेका वरिष्ठ नेता माधव नेपाललाई भेट्न गएका थिए । भेटमा नेता नेपालले सहयोग गर्न नसकिने बताएपछि बादल निराश भएका छन् । त्यसपछि ओलीले नै विज्ञप्ती जारी गरेर बादललाई भोट हाल्न निर्देशन दिएका छन् ।

माधव नेपाल पक्षले कांग्रेस र माओवादी केन्द्रसँग मिलेर डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्