Logo
Logo

विधि छोट्याएर सकियो रातो मछिन्द्रनाथको जात्रा


दृष्टि संवाददाता


काठमाडौं । नेपालको सबैभन्दा लामो जात्राको रुपमा परिचित रातो मछिन्द्रनाथको जात्रा बुधबार समापन गरिएको छ । कोरोना महामारीका कारण धेरै विधि छोट्याएर बुधबार पुल्चोकबाट मछिन्द्रनाथलाई बुंमती लगिएको हो ।

विगतका वर्षमा पाटनका विभिन्न क्षेत्र परिक्रमा गरी जाउलाखेलमा भोटो देखाउने जात्रापछि मछिन्द्रनाथको रथ तानेर बुङ्मती लैजाने गरिन्थ्यो । तर यस वर्ष महामारीका कारण स्थानीय प्रशासन र जात्रा आयोजकबीच भिड नगरी सीमित व्यक्तिको सहभागितामा जात्रा समापन गर्ने सहमति भएको थियो ।

मच्छिन्द्रनाथलाई उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणायन लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चलनानुसार यस वर्ष कोरोनाका कारण छिट्टै बुङ्मती लगिएको हो । बैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ छ बजेर १७ मिनेटमा करुणामयलाई रथारोहण गराइएको थियो थियो भने जेष्ठ १ गते सांकेतिक रुपमा रातो मच्छिन्द्रनाथ तानिएको थियो ।

उपत्यकाकै सबभन्दा लामो मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा भने लगाएत दुई बर्ष कोरोनाका कारण प्रभावित हुँदै आएको छ । गत मङ्सिरमा मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको थियो ।

लिच्छिवी राजा नरेन्द्रदेवका पालामा भारतको कारुप कामाख्या गइ रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याइएको किंवदन्ती छ । गुरु गोरखनाथले नव नागको आसन बनाएर बसिदिएका कारण बाह्र वर्षसम्म पानी नपरी अनिकाल लागेपछि राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचाजु, ललित ज्यापु तथा र्कोटक नागराजासमेत कामरुप कामाख्या गइ रातो मच्छिन्द्रनागलाई काठमाडौं उपत्यका ल्याएको किंवदन्ती पाइन्छ ।

आफ्नो गुरु मच्छिन्द्रनाथ देखेपछि गोरखनाथ गुरुको दर्शनका लागि जाने क्रममा नव नाग मुक्त भइ वर्षा र सहकाल लागेको विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्