Logo
Logo

सूर्या लाइफको सञ्चालकमा विवेक झा


दृष्टि संवाददाता



काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्सलाई उचाईमा पुर्याएका विवेक झा सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा झालाई बाँकी कार्यकालका लागि नियुक्त गरेको हो ।
बैठकले जेठ ७ गतेदेखि नै लागू हुने गरी संस्थापक सेयर समूहतर्फको प्रतिनिधित्व गर्ने गरी झालाई भिजे इन्भेष्टमेन्ट कम्पनीको प्रतिनिधित्वको रुपमा नियुक्त गरेको हो । झाले नेपाल लाइफ इन्स्योरेन्समा आठ वर्ष सिईओका रुपमा काम गर्दा कम्पनीलाई उचाईमा पुयाएका थिए ।

प्रतिक्रिया दिनुहोस्