Logo
Logo

काठमाडौंमा घटे, ललितपुर र भक्तपुरमा नयाँ संक्रमित बढे


दृष्टि संवाददाता



काठमाडौं । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा नयाँ संक्रमितको संख्या घट्दा ललितपुर र भक्तपुरमा भने बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा १७६१, ललितपुरमा ६ सय ९४ तथा भक्तपुरमा ३६६ जना थपिएका छन् ।


शनिबार काठमाडौंमा १८३३, ललितपुरमा ३२८ तथा भक्तपुरमा १७८ जनामा सक्रमण पुष्टि भएको थियो । ललितपुर र भक्तपुरमा नयाँ संक्रमितको संख्या दोब्बर भएको छ।
सक्रिय संक्रमितको संख्या पनि काठमाडौंमा दैनिक ठूलो संख्यामा घट्दा पनि ललितपुर र भक्तपुरमा भने आइतबार बढेको छ ।
काठमाडौंमा सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ७९, ललितपुरमा ६ हजार ८ सय ४५ तथा भक्तपुरमा चार हजार ८ सय १ छ । पछिल्लो एक सातामा उपत्यकाका सक्रिय संक्रमितको संख्या करिब १२ हजार घटेको छ । जसकारण अस्पतालमा बेड सहज हुन थालेको छ । तर, आइसियु र भेन्टिलेटर पाउन भने अझै असहज अवस्था छ।

प्रतिक्रिया दिनुहोस्