Logo
Logo

कोरोनाबाट डिएसपी खरेलको निधन


दृष्टि संवाददाता



काठमाडौं । नेपाल प्रहरीका डिएसपी समिरचन्द्र खरेलको कोरोना संक्रमणबाट निधन भएको छ । प्रहरी अस्पतालमा उपचारको क्रममा सोमबार उनको निधन भएको हो ।


तीन साताअघि कोरोना संक्रमण पुष्टि भएका उनको स्वास्थ्य बिग्रदै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
२०५१ सालमा असईबाट प्रहरीमा भर्ना भएका उनी पछि खुला प्रतिस्पर्धाबाट इन्सपेक्टर भएका थिए ।


गत साता मात्र नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको कोरोनाबाट मृत्यु भएको थियो । जनताको सुरक्षामा खटिने क्रममा नेपाल प्रहरीका ११ कर्मचारीले काेराेनाबाट ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्