Logo
Logo

सिसिएमसीको प्रमुखमा पूर्वजर्नेल शर्मा नियुक्त


दृष्टि संवाददाता



काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सिसीएमस)को प्रमुख पूर्व रथी बालानन्द शर्मा नियुक्त भएका छन् । शुक्रबार राजपत्रमा प्रकाशित भएको ‘कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’अनुसार सिसिएमसीमा नयाँ सदस्य नियुक्त भएका हुन् ।


यसअघि प्रधानमन्त्री कार्यालयका सचिव सिसिएमसीको प्रमुख थिए । सचिव हैसियतकै अधिकार दिई उनलाई सोमबारको मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेको हाे । पूर्व रथी शर्मा सेना समायोजन समितिका सदस्य समेत थिए ।अध्यादेशअनुसार सिसिएमसीको सदस्यहरुमा नेपाल सरकारको १२ औं तहको अधिकृत, नेपाली सेनाको उपरथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका १÷१ एआईजी, गृह मन्त्रालय र उद्योग मन्त्रालयका सहसचिव सदस्य हुनेछन् । यसअघि प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा यस्तो संयन्त्र थियो ।
यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको निर्देशक समितिमा अब प्रधानमन्त्री हुनेछन् । त्यसमा उपप्रधानमन्त्रीसहित, स्वास्थ्य, गृह, अर्थ, उद्योग, परराष्ट्रमन्त्री, मुख्यसचिव, प्रधान सेनापति र सिसिएमसीको प्रमुख सदस्य सचिव हुने व्यवस्था गरिएको छ । यस्तो समितिले नीति, योजना र रणनीति स्वीकृत गर्ने, आवश्यक निर्देशक दिने, समन्वय गर्ने र अन्य आवश्यक निर्णय गर्ने जिम्मेवारी छ ।

प्रतिक्रिया दिनुहोस्